शहरबाट पैदल हिँडेकालाई निःशुल्क घर पुर्याउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पु‍र्याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ । केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको इजलासले शुक्रबार गरेको आदेशमा उनीहरूलाई निस्शुल्क घर पु‍र्याइदिन भनेको हो । ‘विकल्पको अभावमा बाध्यतामा…