काठमाडाैं–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्गानिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्चस्तरीय कार्यदल गठन गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ। अर्गानिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवर्द्धन गर्ने तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण गरी स्वदेशी तथा विदेशी बजारमा विश्वसनियता बढाउने…