आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं - सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदकाे सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट उनलाइ नियुक्त गरेको छ। गोपालबहादुर खड्का अनियमितताको आरोप लागेर निगम छोडेपछि निमत्तको भरमा…