एमालेले रोके पनि विद्या भण्डारी राजनीतिमा आउन थुप्रै बाटा छन् : पूर्वप्रधानमन्त्री खनाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउन चाहे थुप्रै बाटाहरू रहेका टिप्पणी गरेका छन् । शनिबार एक अन्तर्वार्तामा नेता खनालले एउटाले सदस्यता नवीकरण नगरेर भण्डारीको एउटा बाटो रोके पनि थुप्रै बाटा खुलै रहेको बताए । उनले पार्टी राजनीतिमा आउनलाई पूर्वराष्ट्रपतिलाई संविधानले नरोकेको बताए । पूर्वराष्ट्रपति…