डोटी - जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित…