काठमाडौं– सरकारले समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्दै कारबाही गरेको छ। सार्वजनिक खरिद अनुुगमन समितिले प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो। टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन…