काठमाण्डु - सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा पौडेलको नाम सिफारिस गरेको हो । यस्तै आयोगले अदालतको रजिष्ट्रारमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल उमेरहदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो । पुस…