न्याय माग्न गएका विद्यालय कर्मचारी सिंहदरवारबाटै पक्राउ परे

काठमाडौं– न्याय माग्न शिक्षा मन्त्रालय पुगेका एकजना विद्यालय कर्मचारीलाई प्रहरीले मन्त्रालयबाटै गिरफ्तार गरेको छ। जीवनभर विद्यालयमा सेवा गरेर ६० वर्षे उमेरहदका कारण अवकाशित नारायणी नमूना मावि चितवनका लेखापाल ७३ वर्षिय गोविन्द बहादुर पौडेल विहीवार मन्त्रालयबाटै गिरफ्तार भएका हुन्। पौडेललाई प्रहरी प्रभाग अनामनगरमा राखिएको छ। बिहीबार मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरीलाई दुव्र्यवहार गरेको आधारमा…