काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीले जिम्मेवारी पाएका छन् । एसएसपी सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो । खनाल र कार्की दुवै जना डिआइजी बढुवामा सिफारीस भएका छन् । खनाल एसएसपीबाट डीआईजीका लागि पहिलो नम्बरमा र कार्की तेस्रो नम्बरमा सिफारिस भएका छन् ।…