काठमाडौं– वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन्। वाम गठबन्धनमा छँदा उनले गोरखा क्षेत्र नम्बर २ मागेका थिए। तर, माओवादीले सो क्षेत्रमा नारायणकाजी श्रेष्ठलाई चुनाव लडाउने र काठमाडौं रोज्न भनेपछि उनी गठबन्धनबाटै बाहिरिएका थिए। कांग्रेसले बाबुरामलाई गोरखा–२ मा सहयोग गर्ने भनेपछि उनले…