आज चैते दशैँ मनाइँदै

काठमाण्डु - हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रूपमा रामको जन्म भएकाले राम नवमीका रूपमा मनाउने…