आज काग तिहार र धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाण्डु – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आइतबार यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक शनिबारदेखि शुरु भएको हो । शनिबार दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आइतबार काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने…