काठमाण्डु – प्रस्तावित १६ राजदूतको नाम संसदीय सुनुवाइ समितिले बहुमतबाट अनुमोदन गरेको छ । सरकारले राजदूतमा १७ जनाको नाम प्रस्ताव गरे पनि श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने समितिले जनाएको छ । जसपा नेपालका सांसद प्रकाश अधिकारी र रास्वपाका सांसद डोलप्रसाद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत…