डिजिटल पुस्ताको ‘प्लेकार्ड’ आधुनिक, तर नाराबाजी उही पुरानै

काठमाण्डु– भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जेड (जेनजी) पुस्ता सडकमा उत्रिएको छ। उनीहरू सोमबार बिहानदेखि माइतीघर–बानेश्वरमा विभिन्न प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन्। टिकटक र रेडिटमा भाइरल बनेको ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबीच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका…