काठमाण्डु - अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा उनीहरू दुर्घटनामा परेका हुन् । साथीसँग जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको हो । घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली…