आन्दोलनरत शिक्षकलाई सरकारले फेरि बोलायो वार्तामा

काठमाण्डु– आन्दोलनरत नेपाल शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले फेरि वार्तामा बोलाएको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले २७ गते वार्ताका लागि महासंघलाई आह्वान गरेको हो। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै…