काठमाण्डु - सिराहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा विद्युतीय धरापमा परेर १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको छ। जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ। यसैबीच धराप थापेको आरोपमा प्रहरीले गोलबजार-९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा…