काठमाण्डु – राजधानी काठमाण्डु महानगरपालिका–२६ ठमेलस्थित छाँया सेन्टरमा सञ्चालित वाल्डो क्यासिनोमा अत्याधुनिक प्रविधिमार्फत ठगीजन्य कार्यमा संलग्न ७ जनाको मुद्दामा काठमाण्डु जिल्ला अदालतले बिहीबार थुनछेक आदेश जारी गरेको छ । आदेशअनुसार पक्राउ परेकामध्ये ४ भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ भने क्यासिनो सञ्चालकसहित ३ जना धरौटीमा छुटेका छन् । अदालतले ठगीजन्य कार्यमा मुख्य संलग्नता देखिएका…