काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता संक्रमणकालीन न्याय सम्बन्धी छलफलमा जुटेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् । शान्ति प्रक्रिया सुरु भएको लामो समयसम्म पनि संक्रमणकालीन न्याय टुंगोमा नपुग्दा राजनीतिक दलको…