काठमाण्डु- हिमनदी संरक्षण नाराका साथ शनिबार विश्वभर विभिन्न कार्यक्रम गरेर पानी दिवस मनाइँदै छ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन र अत्यधिक पानीको प्रयोगजस्ता कारणले पानी सङ्कट बढिरहेको छ। यो दिवसले यस्ता समस्याबारे चेतना फैलाउने विश्वास छ। पछिल्ला दिनमा जलवायु परिवर्तनले हिमनदी सुक्दै गएको छ। यसले मानव जीवन र प्रकृतिमा ठूलो चुनौती…