काठमाडौंमा बिजुलीका तार भूमिगत बनाईंदै, प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाईंदै, प्रधानमन्त्रीले गरे शुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत बनाउन सुरु गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्ज क्षेत्रबाट यसको शुभारम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज क्षेत्रका विद्युत वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्न काम सुरु गरिएको हो ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिनेछ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने बताइएको छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने छ । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने उनले जानकारी दिए ।