देशभर नै विद्युतिय तार भूमिगत गर्छौं : मन्त्री पुन

देशभर नै विद्युतिय तार भूमिगत गर्छौं : मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले शहरी सौन्दर्यका लागि विद्युतका तार भूमिगत गर्न लागिएको बताएका छन् ।

सोमबार विद्युतका तार भूमिगत गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पुनले तार भूमिगत गर्ने योजनालाई आगामी दिनमा देशभर नै विस्तार गर्ने लक्ष्यसाथ काम भइरहेको र एकाध वर्षभित्रै पूर्णता पाउने विश्वास व्यक्त गरे । मन्त्री पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी लगायतका आयोजना सम्पन्न गरी कूल एक हजार मेगावाट विद्युत् थप हुने बताए ।

उनले सरकार गठन भएपछि राष्ट्रिय प्रणालीमा थप ४०० मेगावाट विद्युत् थप भएको तथ्यांक पेश गर्दै नेपालले केही वर्षभित्रै विद्युत् निर्यात गर्ने उल्लेख गरे । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि रणनीतिक महत्वका योजना अगाडि सारेको जानकारी दिँदै उनले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा त्यस क्षेत्रलाई लिइएको बताए ।