मातृभूमि पुस्तकालयलाई २ लाख सहयोग

मातृभूमि पुस्तकालयलाई २ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि २ लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् ।

तिहारको अवसरमा बिर्घामा आयोजित कार्यक्रमबिच रकम पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहयोगदाताका परिवारका सदस्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले विदेशमा रहेर पनि आफ्नो माटो, गाउँ, समाज र पुर्खाले स्थापना गरेको संस्थाप्रति युवाले देखाएको आत्मीयता र जिम्मेवारीले अनुशरणीय रहेको बताए ।

विक्रम संवत् २०४६ सालमा स्थापित मातृभूमि सामुदायिक पुस्तकालय शैक्षिक, बौद्धिक तथा सामाजिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । पुस्तकालयमा बालबालिका, युवा, महिला तथा सूचना प्रविधिलगायत विभिन्न विधाका अध्ययन सामग्री र सेवा उपलब्ध छन् ।