पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर, अदालतबाट पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर, अदालतबाट पाए सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जबरजस्तीकरणी उद्योगको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो ।

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

बलात्कार प्रयासकाे आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।