काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।
सोमबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै डा. खतिवडाले हिजो आफ्नो पालामा दशकौंसम्म राज्यको नीति–निर्माणको तहमा बसेर सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के–के न गरेँ भन्दै सरकारको आलोचना गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘जुन अनुहारले दशकौं राज्यको नीति निर्माण र प्रशासन चलाउन नेतृत्वमा रहेर भूमिका निर्वाह गरे, उनीहरुबाटै सरकारका दुई वर्षे कामकाजको आलोचना भइरहेको छ,’ उनले भने ‘उनीहरुले दशकौं देशको नेतृत्वमा बसेर काम गर्दा पनि औसतः भन्दा काम नै गर्न सकेका थिएनन् ।’
दुई वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै त्यसलाई तथ्यले नै पुष्टी गर्ने उनले बताए ।




प्रतिक्रिया