युवा ज्योतिष जसले बिहानै महरा जेलबाट छुट्ने भविष्यवाणी गरे…

युवा ज्योतिष जसले बिहानै महरा जेलबाट छुट्ने भविष्यवाणी गरे…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । जबरजस्ती करणीको आरोपमा गत असोज १९ गते पक्राउ परेका महरा निर्दोष सावित भएका हुन् ।

न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो। आइतवार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले बहस गरेका थिए ।

गत असोज १३ गते यौन दुव्र्यवहारको आरोप लागेका महरालाई १४ गते पार्टीले सभामुखबाट राजीनामा सुझाव दिएको थियो ।

असोज १९ गते सरकारी निवास बालुवाटारबाटै उनी पक्राउ परेका थिए । कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

ज्योतिषको भविष्यवाणी !
महराको पक्ष वा विपक्षमा कस्तो फैसला आउँछ भन्ने धेरैलाई खुलदुली चलिरहेका बेला युवा ज्योतिष तथा वास्तुशास्त्री मुस्कान खनालले महराको पक्षमा फैसला हुने खुलासा गरिदिए ।

उनको यो निर्णय धेरैलाई चित्त बुझेको थिएन तर, जब दिउँसोको २ बज्यो खनालको भविष्यवाणी साँचो साबित भयो । उनले सामाजिक सञ्जालमार्फत महराको पक्षमा फैसला हुने बताएका थिए ।

उनले लेखेका थिए, ‘ पूर्वसभामुख महराविरुद्धको मुद्दा फैसला आज हुँदै छ । ज्योतिषशास्त्रको नियम अनुसार उहाँको जन्म कुण्डलीको सुक्ष्म विश्लेषण गर्दा फैसला उहाँकै पक्षमा हुने देखिन्छ । अबका दिनमा बिचलित नभै देश र जनताको सेवा गर्ने हिम्मत अझै बढ्दै जावस शुभकामना ।’

उनको यो भविष्यवाणीले अहिले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । उनले सामाजिक सञ्जालमा महराको जन्म कुण्डली पनि पोष्ट गरेका थिए । पारिवारिक श्रोतकाअनुसार बिगत केहि महिनादेखि प्रत्यक्ष रुपमा महरालाई ज्योतिषशास्त्रीय परामर्श दिँदै आएका उनले माघ पछि सफाइ पाउने र पुनः राजनीतिमा सकृय हुने भविष्यवाणि गरेका थिए ।

छोटो समयमा ज्योतिष तथा वास्तुशास्त्रमा आफुलाई अब्बल सावित गरिरहेकायुवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनालले बंगलादेशमा सम्पन्न २८औं दक्षिण एशियाली ज्योतिष सम्मेलनमा ‘एशियाका एक विख्यात ज्योतिष’ अर्थात ‘prominent astrologer of the south asia content’बाट विभूषित भएका थिए । उक्त सम्मेलनमा खनाल स्वर्ण पदक (Gold medal) सहित विभुषित हुन सफल भएका हुन् ।