जेलमा रहेका निर्दोष कैदी छुटाउन पहल गर्छुः कृष्णबहादुर महरा

जेलमा रहेका निर्दोष कैदी छुटाउन पहल गर्छुः कृष्णबहादुर महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कैदी निर्दोष रहेको दाबी गरेका छन् । जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका महराले कैदीहरूसँग बिदाइ भेट गर्दै निर्दोष कैदीलाई छुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘मैले यहाँ (डिल्लीबजार कारागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कैदी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।

अहिले डिल्लीबजार कारागारभित्र महरालाई बिदाइ गर्ने कार्यक्रम भइरहेको छ । पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाले खादा लगाएर महरालाई बिदाइ गरे ।