कृष्णबहादुर महरालाई बाबुरामको कटाक्षः बीबी राजी तो क्या करेगा काजी !

कृष्णबहादुर महरालाई बाबुरामको कटाक्षः बीबी राजी तो क्या करेगा काजी !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानुनी नभएर नैतिक प्रश्न भएको बताएका छन् ।

सोमबार साँझ सामािजक सञ्जालमा ट्विट गर्दै डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महराप्रति कटाक्ष गरेका छन् । ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ ! शायद सत्य त्यही हो ! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ !’

उनले अगाडि लेखेका छन्, ‘तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ ! जे हुनु भैगयो ! अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं !’