अमेरिकन मिडियामा महराको चर्चा !

अमेरिकन मिडियामा महराको चर्चा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयमा कार्यरत एक जना महिला कर्मचराीमािथ बलात्कारको आरोप लागेपछि पक्राउ परेका पूर्वसभामुख कृष्ण बहादुर महरा जेलमुक्त भएका छन् ।

गत असोज १९ गते बलात्कारको आरोप लागेपछि पक्राउ परेका महराको विषयले राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा खुबै चर्चा पाएको थियो ।

त्यस्तै जेलबटा छुटेपछि महराको विषयले अमेरिकन सामाचारहरुले प्राथमिकताका साथ प्रस्तुत गरेका छन् । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ले महरा जेलबाट छुटेको बताएको छ ।

‘गतवर्ष मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनले एउटा सरकारी कर्मचारीलाई उनको घरमा बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए’, पत्रिकाले लेखेको छ, ‘अदालतले आरोपको कुनै प्रमाण नभेटेपछि रिहा गर्न आदेश दिएको छ ।’