काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका दुई नेता रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि विप्लव समूहका राप्ती ब्यूरो कार्यालय सचिव बालकृष्ण पोखरेल र राप्ती ब्युरो सदस्य तथा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली बिहीबार अपरान्ह रिहा भएका हुन् ।
उनीहरू दाङ र भारतको सीमाना नाका क्षेत्र राजपुर गाउँपालिकाको मुङग्रेठाबाट असोज ३० गते पक्राउ परेका थिए । राप्ती ब्युरो बैठकबाट पक्राउ पर्नेमा विप्लवका दाजु उक्त समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ लगायत २१ जनालाई प्रहरीले रातको समयमा घरमा घेरा हालेर पक्राउ गरेको थियो ।




प्रतिक्रिया