दोलखा – दोलखामा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको यात्रुबाहक बसले कालिञ्चोक गाउँपालिकामा ठक्कर दिँदा स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो ।
अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई ठक्कर दिएको थियो ।
थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।




प्रतिक्रिया