ठूलो दुर्घटनाबाट जोगियो श्रीएयरको विमान

ठूलो दुर्घटनाबाट जोगियो श्रीएयरको विमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि उड्न लागेको जहाज रनवेमा बिग्रिएको छ ।

बिहान साढे ८ बजेका लागि उडान तय भएको विमानभित्र सबै यात्रु बसिसकेपछि एयर होस्टेजले यात्रा प्रारम्भ हुने सूचना दिइसकेपछि श्रीएयरको विमान बिग्रिएको हो । उड्नु अगाडि नै समस्या पत्ता लागेकाले विमान दुर्घटनाबाट जोगिएको प्राविधिकहरुले बताएका छन् ।

विमानले उडान प्रारम्भ गर्नुअघि नै प्राविधिक चेकजाँच भएर मात्रै उडान अनुमति पाउने भएपनि उड्नै लागेको विमान बिग्रिएका कारण यात्रुले प्राविधिक चेकजाँचमा लापरवाही भएको हुनसक्ने आंशका गरेका छन् ।