काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक शनिबार बस्दैछ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो ।
बैठकमा सुशासनको सवालमा पार्टी्भित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ ।
नवलपरासीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताए ।
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा करोडौँको कमिसनमा मुर्छिपनि नेकपाभित्र आर्थिक अनुशासनको विषयमा चर्को बहस सुरु भएको छ ।
नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।




प्रतिक्रिया