काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् । प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन आज बिहान हेलिकोप्टरमार्फत तेह्रथुम प्रस्थान गरेका छन् ।
तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा जन्मिएका ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघरमै मनाउन लागेका हुन । त्यसको लागि स्थानीय पार्टी कमिटीले विशेष तयारी गरेको छ । प्रधानमन्त्री ओलीकोजन्मदिनको अवसर पारेर आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री ओलीले आइतार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने कार्यक्रम रहेको ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रमको तयारीको लागि हाल भण्डारी तेह्रथुममै छन् ।
यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा चारसय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
दिउँसो जन्मघरमा हुने आफ्नो जन्मोत्सव कार्यक्रममा सहभागी भएर ओलीले आफ्ना पुराना दौँतरीसँग भेटघाट र भलाकुसारी गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया