कांग्रेसको छाया मन्त्रिपरिषद बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन

कांग्रेसको छाया मन्त्रिपरिषद बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

छाया सरकार गठन भएको नौ महिनापछि बसेको मन्त्रिपरिषदको बैठकले छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देउवाले बैठक डाकेका हुन् ।

बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

साथै बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।