संविधान संशोधनको गृहकार्य गर्न माधव नेपालको नेतृत्वमा नेकपाले बनायो कार्यदल

संविधान संशोधनको गृहकार्य गर्न माधव नेपालको नेतृत्वमा नेकपाले बनायो कार्यदल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

शनिबार बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

नेता नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन् । नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ ।

तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त राखेर उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।