कम्युनिस्टलाई सत्तामा पुगेपछि रोग लाग्यो उपचार गर्नुपर्छ भनेर भनेकै होः अध्यक्ष प्रचण्ड

कम्युनिस्टलाई सत्तामा पुगेपछि रोग लाग्यो उपचार गर्नुपर्छ भनेर भनेकै होः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् ।

आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् ।

धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला घटनामा सम्बन्धित निकायले जाँचबुझ गर्ने भनिसकेकै छ, अख्तियार अरु सबैले । लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि बिग्रिने रोग लागेको भनेर आफूले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे ।

‘मैले भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो, हाम्रो पार्टीको मात्रै भनेको होइन’, उनले भने, ‘कम्युनिस्टहरु संघर्ष गर्दासम्म राम्रो र कम्युनिस्ट सत्तामा पुगेपछि नराम्रो रोग लागेको त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’