काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनको गृहकार्य थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आक्रोश पोखेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय विमर्श बिनै संविधान संशोधनको तयारी गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
उनले यस्तो कार्यमा गम्भीर बहस आवश्यक नभएको तर्कसमेत गरेका छन् । उनले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै किन तमासा देखाएको भन्दै प्रशन गरेका छन् ।
प्रवक्ता शर्माले भनेका छन्, ‘मधेसले माग्यो संविधान संशोधन,भनियो– हुन्न । जनजातिले मागे हुन्न भनियो । दलित,थारु अनि अरुले मागे तिनलाईपनि हुन्न भनियो । तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर रास्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ?’
नेकपाले शनिवार बसेको सचिवालय बैठकले सचिवालय सदस्य तथा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने उद्देश्यसहित संविधान संशोधन कार्यदल गठन गरिएको हो ।




प्रतिक्रिया