काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रिय सभा सदस्यलाई पनि प्रतिनिधिसभा सदस्यले जस्तै प्रधानमन्त्री बन्न पाउन सक्ने विषयमा संविधान संशोधनका लागि आवश्यक छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्षहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया