पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चार जना पक्राउ

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने आठ जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेका हुन् ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई रहेका छन् ।

उनीहरूले सरकारका मन्त्री नै कमिसन मोलमोलाइ तथा भ्रष्टाचारमा संलग्न भएको भन्दै प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए ।

कार्यकर्ता भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।