दाङमा महराको भव्य स्वागत, षड्यन्त्र गर्ने गिरोह सक्रिय रहेको खुलासा

दाङमा महराको भव्य स्वागत, षड्यन्त्र गर्ने गिरोह सक्रिय रहेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – पुर्ब सभामुख कृष्णबहादुर महराले आफूलाई नियतवश फसाइएको बताएका छन् । उनले आफूमाथि लागेको आरोप निराधार भएकाले जेलमुक्त भएको बताउँदै न्यायालयप्रति आफ्नो अझै सम्मान बढेको बताएका छन् ।

जेलमुक्त भएपछि मतदाता भेट्न गृहजिल्ला दाङ पुगेका महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझै पनि सक्रिय रहेको बताएका छन् ।

सोमबार काठमाडौंबाट दाङ पुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

सो अवसरमा पुर्ब सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यावाद प्रकट गरेका थिए ।

महराले आफ्नो जीत नै जनताको जीत भएका बताए । उनले भने, ‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।’

उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए । ‘नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो’, उनले भने, ‘त्यसकालागि म सधै लडिरहनेछु ।’

महराले यो घटनाबारे आफु अहिले केही नबोल्ने भन्दै आफु मतदाताहरु भेट्न निर्वाचन क्षेत्रमा जान लागेको बताए ।

पुर्ब सभामुख महरालाई गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा भब्य स्वागत र सम्मान गरिएको छ । महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहीमा नागरिकहरुले भव्य स्वागत गरेका थिए ।