काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पार्टीभित्र एकताको खाँचो रहेको बताएकी छन् ।
सोमबार मोरङमा पार्टी र जनप्रतिनिधिबीच भएको अन्र्तक्रिया कार्यक्रमको प्रमुख अथितिसमेत रहेकी प्रतिनिधिसभा सदस्या डा. संग्रौलाले जनप्रतिनिधि र पार्टीबीच सहकार्य र एकताको खाँचो रहेको बताइन् । उनले पार्टीको शिद्धान्तबाट चुनाव जित्ने जनप्रतिनिधिहरुले पार्टीसँग समन्वय नगरेको गुनासो पोखिन ।
‘पार्टीको झण्डा, पार्टीको आदर्श बोकेर चुनाव जितेका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्छ । पार्टीले पनि जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारात्मक शैलीमा जनतासमक्ष पुर्याउनुपर्छ ’, उनले भनिन् ।
उनले सरकारले शुसासन र समृद्धि दिन नसकेको र सरकारले जथाभावी कर बढाएको भन्दै कांग्रेसका जनप्रतिनिधिहहरुलाई जनताको सेवामा ध्यान दिन आग्रह गरेकी छन् ।
‘हाम्रा जनप्रतिनिधिले पनि शुसासन समृद्धिलाई मूल एजेण्डा बनाएर नेपाली जनताका समस्या, जनजिविकाका कुराहरुलाई पनि मुखरित गरेर लैजानुपर्यो ’, उनले भनिन् ।
उनले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शक्तिको आडमा भ्रष्टाचार गरेको भन्दै सरकारले आफ्नो भनेर मुख नहेरी कारबाही गर्न सरकार र नेकपासँग माग गरेकी छन् ।
उनले सरकारको रवैवाविरुद्ध लड्न कांग्रेस एक जुट हुनुपर्ने बताइन् । उनले सरकारको रवैयाको डटेर सामना गर्नका लागि कांग्रेसभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने माग राखेकी छन् ।




प्रतिक्रिया