काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने भएको छ ।
सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि मंगलबारको संसद बैठक सञ्चालन गर्न दिने भएको हो ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । आजको बैठकमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कृषि सहकारी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विभिन्न विधेयक पारितसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।




प्रतिक्रिया