राजेश हमाल पक्राउको विरोधमा नेविसंघ र प्रहरीबीच झडप

राजेश हमाल पक्राउको विरोधमा नेविसंघ र प्रहरीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता राजेश हमाल (रेशम) पक्राउको विरोधमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ ।

नेविसंघ कास्कीले नेता हमालको पक्राउको विरोध गर्दै पृथ्वीनारायण क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । सोही क्रममा नेविसंघले मंगलवार पोखरामा कुनै पनि सरकारी गाडी चल्न दिएको छैन ।

प्रदर्शनका क्रममा बगरस्थित क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रहरीको कुटपिटबाट विद्यार्थी सुजन तिमिल्सिना घाइते भएको नेविसंघका नेता विक्रमादित्य सिंह गिरीले बताए ।

नेविसंघले पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै जिल्लामा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । नेविसंघले फागुन १५ गतेदेखि लागू हुने गरी अनिश्चितकालीन शैक्षिक संस्था बन्द आह्वान गरेको हो ।

नेविसंघका नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल ‘राजेश’लाई प्रहरीले २ दिनअघि नियन्त्रणमा लिएको थियो । क्याम्पस हाताभित्रैबाट प्रशासनको मिलेमतोमा उनलाई पक्राउ गरी र झूटा मुद्दा लगाइएको भन्दै तत्काल मुद्दा खारेज गरी रिहाइ गर्न माग गरिएको नेविसंघ पीएन क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्लेले बताए ।