यतीको केक देख्दा प्रधानमन्त्रीलाई जन्मघरले पनि चिनेनः मिनेन्द्र रिजाल

यतीको केक देख्दा प्रधानमन्त्रीलाई जन्मघरले पनि चिनेनः मिनेन्द्र रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझाम गरेकोमा आपत्ति जनाएका छन् ।

आजको सांसदमा कांग्रेस नेता रिजालले यतीको केक देख्दा प्रधानमन्त्रीलाई जन्मघरले समेत नचिनेको दाबी गरे ।

‘जन्मदिनको दिन प्रधानमन्त्रीको पुरानो घर देखियो । आफ्नै आँगनको केटोले कीर्तिमान राजनीतिक यात्रा गर्‍यो होला भन्ने भयो होला घरलाई,’ रिजालले भने, ‘तर चारपाँच हेलिकप्टर लगेर जाँदा घरलाई लाग्यो होला महाराज सवारी भयो होला । त्यो घरको आत्माले चिनेन होला ।’

रिजालले केक लगेर यतीको हेलिकप्टर पुग्दा घरले अपमानित महसुस गरेको बताए । उनले भने, ‘तपाईले एक निमेष घर अगाडि उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयो । प्रधानमन्त्रीज्यू ? तपाई कुन लोकमा हुनुहुन्छ ? जनता कुन लोकमा हुनुहुन्छ ? यती होल्डिङको पैसा र हेलिकप्टर पु‍र्याएको केक देख्दा त्यो घरले अपमानित महसुस ग‍र्यो होला । घरले सम्झ्यो होला । अझ नराम्रोसँग अपमानित भएँ । मेरो केटोलाई स्वागत गर्न बसेको थिएँ ।’

उनले प्रधानमन्त्री ओलीलाई मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटोमा लाग्न सुझाए । रिजालले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्रीका मन्त्रीले घुस प्रकरणमा मुछिनु लाजमर्जो भएको बताए ।

‘राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । अहिले थरीथरीका श्रीपेच लगाएका कमरेड मित्रहरु देख्दा के भन्दै होलान मदन भण्डारी ?’