चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आमरण अनशनरत माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् ।
७ दिनदेखि अनशनमा बसेका पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुस खुवाएर अनशन तोडाएकी हुन् ।
प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा गराउन आफू लागि परेको र समस्या समाधानका लागि नेतृत्व पनि लिएको भन्दै अनशन तोड्न अनुरोध गरेका थिए ।
निकुञ्ज ऐन संशोधनको माग गर्दै अनशनरत उनले हात्तीले मारेका व्यक्तिका परिवारलाई साछी राखेर अनशन तोडेका थिए ।
नेकपा अध्यक्ष प्रचण्ड आफ्नो अभिभावक भएकाले उनको अनुरोधलाई स्वीकार गरी अनशन तोडेको वडाध्यक्ष पौडेलले बताए ।




प्रतिक्रिया