चोर बाटोबाट वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलतः लक्ष्मणलाल कर्ण

चोर बाटोबाट वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलतः लक्ष्मणलाल कर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले व्यक्तिको हितको लागि संविधान संशोधन गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मधेशी, जनजाति, थारु, आदिवासी तथा पिछडिएका क्षेत्रका समूदायको माग पूरा गर्ने सवालमा संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्ने उद्देश्यले नेकपाले कार्यदल बनाएको कुरा आएको छ । व्यक्ति ठूलो कि जनता ? मलाई आश्चर्य लागेको छ । त्यसरी व्यक्तिको लागि संविधान संशोधन गर्ने कुरा गलत हो । जुन व्यक्तिलाई जनताले चुनावमा पराजित गरे, जसलाई हराए फेरि त्यही व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु चोर बाटो अपनाउनु हो ।’

चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु नै गलत भएको उनको टिप्पणी छ ।

उनले प्रधानमन्त्री भनेको त कार्यकारी प्रमुख भएकोले राष्ट्रपतिबाट मनोनित व्यक्ति जनताको प्रधानमन्त्री हुनै नसक्ने तर्क गरे ।

उनले भने,‘हारेका व्यक्तिलाई मन्त्री पनि बनाउन नहुने कुरा संविधानले कल्पना गरेको छ । मनोनित पदमा आएर प्रधानमन्त्री बन्ने कुरा चोरबाटो हो । यो त झ्यालबाट छिर्न खोज्नु हो ।’

कर्णले राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संसदीय व्यवस्थामा नै नभएको सुनाए । उनले भने,‘राजपाको यसको विपक्षमा छ ।’