अमेरिकी सैनिकमा पनि देखियो कोरोना भाइरस

अमेरिकी सैनिकमा पनि देखियो कोरोना भाइरस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले यूरोप, मध्यपूर्व र एसियामा समेत फैलिएको छ। दक्षिण कोरियास्थित क्यारोल क्याम्पमा रहेका एक अमेरिकी सेनामा समेत कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण देखिएको छ।

बुधबार २३ वर्षका ती सैनिकलाई जाँचपछि कोरोनाभाइरस रहेको पुष्टि भएको हो। संक्रमित सैनिकलाई अहिले ’सेल्फ क्वारेन्टाइन’ मा राखिएको छ।

२८ हजार अमेरिकी सेना रहेको क्यारोल क्याम्प कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण बढी रहेको थेगु शहरबाट ३० किलोमिटर उत्तरमा छ। बुधबारसम्म दक्षिण कोरियामा कोभिड(१९का कारण ११ जनाको मृत्यु भएको छ भने ११ सय मानिस संक्रमित छन्।