‘धर्मपुत्रको ७० करोडको ध्यान मोड्न नेपाल ट्रष्टको श्वेतपत्र !’

‘धर्मपुत्रको ७० करोडको ध्यान मोड्न नेपाल ट्रष्टको श्वेतपत्र !’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल ट्रष्टको तर्फबाट जारी गरिएको स्वेतपत्र प्रति आपत्ति जनाएका छन् ।

मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारका तर्फबाट स्वेत पत्र जारी गरेका थिए । सोही स्वेतपत्रलाई लिएर कांग्रेसका प्रवक्ता शर्माले प्रश्न उठाएका छन् ।

मंगलबार एक ट्वीट गर्दै शर्माले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मुछिएको अडियो टेप प्रकरणलाई अन्यत्र मोड्न श्वेतपत्र जारी गरिएको उल्लेख गरेका छन् ।

‘धर्मपुत्रको ‘७० करोड’ बाट ध्यान मोड्ने प्रयत्न, अर्थात् नेपाल ट्रष्टको श्वेतपत्र !,’ शर्माले गरेको ट्वीटमा भनिएको छ, ‘श्वेतपत्रको ‘शास्त्र’ पालना नगरी निर्माण गरिएको दुब्लो अस्त्र । कुनै नाम जानेर छोड्ने कुनै हिसाब गरेर जोड्ने ।’

पोखरेलले दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा क्रमशस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरेका थिए ।

जसमाथि ट्रष्टको समयावधि सकिनुअघि नै लिज अवधि थप गरेको आरोप लागेको छ उसैले श्वेतपत्र जारी गरेको भन्दै शर्माले भनेका छन्, ‘गोकर्णको मुद्दा जो समेत माथि, जारी उहाँबाटै आफ्नो शीरमा मुद्दा आफैं न्यायाधीश ?’