काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । नेकपाको बुधबार बसेको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।
बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने गरि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने बैठकले विघटन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया